सान इन्टरनेशनल कलेजले मनायो आफ्नै नवनिर्मित भवनमा २४औं वार्षिकोत्सव

/
/
सान इन्टरनेशनल कलेजले मनायो आफ्नै नवनिर्मित भवनमा २४औं वार्षिकोत्सव

सान इन्टरनेशनल कलेजले मनायो आफ्नै नवनिर्मित भवनमा २४औं वार्षिकोत्सव

काठमाडौँ । काठमाडौंको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औँ वार्षिकोत्सव दिवस मनाएको छ ।

गत आइतबार उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो । कलेजको २४औँ दिवस समारोहलार्ई सम्बोधन गर्दै उपसभामुख राना मगरले समयको सदुपयोग गर्नुपर्ने भन्दै समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरू गुमिरहेको बताइन् ।

राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको बताउँदै उनले शैक्षिक संस्थाहरूले जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरणका सन्दर्भमा समेत विशेष जोड दिई शिक्षा दिनुपर्ने आवश्यकता औँल्याइन् । वाग्मती प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेलले विद्यार्थी विदेश पलायन हुने क्रम बढ्दै गएकाले यसलाई रोक्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले आफू अध्ययन गरेको कलेजको स्थापना दिवस समारोहमा आउन पाएको भन्दै आमन्त्रणका लागि आभार व्यक्त गरिन् । आफूलाई कलेजले छात्रवृत्ति उपलब्ध गराई अध्यापन गराएको र आगामी दिनमा नेपाल भरका विद्यार्थीहरुलाई भर्ना भई छात्रवृत्ति अध्ययन गर्न पनि सुझाव दिइन् ।

यसै गरी कलाकार दीपकराज गिरी र शिवहरी पौड्यालले सान इन्टरनेशनल कलेज साँच्चिकै काठमाडौँ महानगरपालिकामा शान भएको र चन्द्रागिरि नगरपालीकामा पनि साँच्चिकै शान नै भएर अगाडि बढ्न शुभकामना दिए ।

नमुना सामुदायिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले चन्द्रागिरि नगरपालीकामा सान कलेजलाई स्वागत गरी सबै संस्थागत तथा सामुदायिक विद्यालयले आवश्यक सहयोग सहकार्य गरी नगरपालीकालाई नमुना बनाउनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक अध्यक्ष डा. सुभाष घिमिरेले शिक्षा र स्वास्थ्य दुवै मानिसका लागि एक अर्काका परिपूरकको रूपमा रहेको बताए । उनले संस्थागत र सरकारी शिक्षाबीच हातेमालो हुन आवश्यक रहेको बताए ।

घिमिरेले छिमेकी बलवान नभएसम्म अर्को छिमेकी बलवान हुन नसक्ने भन्दै सहकार्य र साथविना कुनै पनि व्यक्ति र समाज सफल हुन नसक्ने बताए ।

कार्यक्रममा सांसद यमुना श्रेष्ठ, प्रदेश सभा सांसद रमा आले मगर, पूर्व उपकुलपति डा. गणेश गुरुङ, मिस नेवा सखिना महर्जन, वातावरण विज्ञ डा. सुरेश ढुङ्गेल लगायत स्थानीय विद्यालयका प्रधानाध्यापकहरू, वडा प्रतिनिधिहरू, नगरपालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्थापना दिवसमा कलेजले स्नातक तहका बि.बि.ए र बायोटेक्नोलोजी कार्यक्रमका विद्यार्थीहरूलाई दीक्षित पनि गरेको थियो ।

Other News

आइतबार प्रतिनिधि सभाका माननीय उपसभामुख...

Get in touch

Ready to take the next step? Fill out the form below, and our dedicated representatives will reach out to you shortly.

We’re here to help you around the clock! Reach out to us anytime through Messenger or WhatsApp:

Click on your preferred option and we’ll be with you shortly!