सान कलेजका बिधार्थी PCR परिक्षण गर्न सक्षम मिति २०७७÷०४÷१६ सान कलेजद्धारा समाजमा सान भन्ने नारालाई निरन्तरता दिँदै आज पुनः विशेष सम्मान कार्यक्रम आयोजना गरीयो । कार्यक्रममा प्रमुखअतिथि वडा नं. ५ का वडा अध्यक्ष श्री रमेश डंगोल, वडा नं ४ का वडा सद्स्य श्री ध्रुव त्रिपाठिका साथै सुश्री मिना सिङ प्रजापति र अतिथिहरु वडा नं ७ का वडा सद्स्य कृष्ण मणि भट्टराई तथा ॐ समाज ग्रुपका रामश्वर केसिको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथिहरुलाई सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरेले सम्मान गर्दै उहाँहरुले गनुभएको सेवाको लागि धेरै धन्यबाद दिनुभयो । त्यसैगरी राष्ट्र निर्माणमा शिक्षा र स्वास्थ्य एक अभिन्न अंग भएकाले यस कार्यका लागि सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पताल देश विकासको पिलर भएको पनि बताउनुभयो । शिक्षा र स्वास्थ्य बिना देश अगाडि नबढ्ने हुनाले यस COVID-19 जस्तो महामारीमा पनि सान कलेज तथा ओम समाज डेन्टल अस्पतालले प्रभावित व्यक्ति संस्था तथा वडाका बासिन्दालाई कलेजमा अध्ययनका लागि वडाको सिफारीस भएमा विशेष छात्रवृत्तिको व्यवस्था पनि गरेको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष डा. घमिरेद्वारा सान कलेजसङ्ग PCR जस्ता आधुनिक उपकरणहरु भएकाले सरोकार निकायबाट आवश्यक किटहरु उपलब्ध भएमा कलेजका B.Sc. Biotechnology संकायका शिक्षक र बिधार्थीहरुबाट नै COVID-19 को परिक्षण गर्न सकिने जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि श्री रमेश डंगोलबाट जनप्रतिनिधि भइ आफुले गरेको कामको उच्च मुल्यांकन गर्दै सम्मान गर्नु भएकोमा सान परिवार तथा डा.सुभाष घिमिरे ज्यूलाई धन्यवाद दिनुभयो । यसैगरी डंगोलले कार्यक्रममा ऋइख्क्ष्म्(ज्ञढ बाट परेको प्रभावले सम्पूर्ण शैक्षिक क्षेत्रनै अस्तव्यस्त भएको अवस्थामा अबको समयमा स्कुल तथा कलेजलाई सुरक्षात्मक मापदण्ड अपनाई सुचारु गर्नुपर्ने भन्ने कुरा बताउनु भयो । साथै उहाँले स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सान कलेज परिवार तथा ओम समाज डेन्टल अस्पतालले पु–याएको अतुलनिय सेवाको प्रशंसा गर्दैआगामि दिनमा वडा र कलेजबिच समन्वय गरी अगाडि बढ्ने कुरा पनि कार्यक्रममा बताउनुभयो ।