सान इन्टरनेशनल कलेजद्धारा COVID 19 प्रभावित बिधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सान कलेजद्धारा आज आयोजीत कार्यक्रममा काठमाडौ महानगरपालीका वडा नं. २ का माननीय वडा सदस्य श्री विमल गुरुङज्यूलाई कलेज तथा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरेज्यूबाट वडामा COVID 19 को महामारीबाट गुज्रीरहेका बासिन्दालाई गर्नुभएको अतुलनीय सहयोग तथा सहकार्यको प्रशंसा गर्दै विशेष सम्मान गर्नुभयो । उहाँले वडाबाशीलाई यस विषम परिस्थितिमा खाधान्न सहयोग देखि एऋच् त्भकत गराउने सम्बन्धमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्नुभएको थियो । कार्यक्रममा विमल गुरुङले वडा कार्यलय र शैक्षिक संस्थाको सम्बन्ध राम्रो हुँदा वडामा रहेका विधार्थीहरु र अभिभावकको समस्या पहिचान गरि समाधान गर्न सकिने कुरा बताउनुभयो । उहाँलाई विशेष सम्मान गर्दै आगामि दिनहरुमा अझ बढि उच्च मनोबलकासाथ कार्य गर्न डा. सुभाष घिमिरेज्यूबाट शुभकामना दिनुभयो । साथै कार्यक्रममा सान इन्टरनेशनल कलेज र वडा नं. २ बिच आगामी दिनहरुमा सहकार्य गरी COVID 19 बाट वडामा प्रभावित बिधार्थीहरुलाई वडाको सिफारीशमा ओम समाज डेन्टल अस्पतालबाट विशेष छुटकासाथै कलेजमा अध्ययन गर्नका लागि छात्रवृत्ति पनि उपलब्ध गराउने कुराको सम्झौता गरीयो ।