मितिः२०७७÷०४÷32

सान कलेजमा BSc Biotechnology अध्यानरत विद्यार्थीहरुको टीमले Idea स्टुडियो- सोचदेखि उध्योगसम्म, प्रख्यात नेपाली टेलिभिजन कार्यक्रम द्वारा संचालित College Idea Hunt २०२० को top 3 business ideas मा पर्न सफल हुदै रु एक लाख नगद  पुरस्कार हासिल गरेका छन् ।

उक्त टिममा हिरेन्द्र जोशी, सुष्मा थापा मगर र बिबिता राउत सहभागी थिए/ हिजो भएको अन्तिम चरण को  idea Pitch गर्ने प्रतियोगितामा उनीहरुलाई सफलता मिलेको हो । नेपाल को विध्यमान समस्या मा आधारित शीर्षक " Black soldier fly larvae for production of poultry feed " लाई biotech प्रविदी बाट औद्योगीकरण गर्ने शीर्षक द्धारा उनीहरुलाई यो सफलता मिलेको कुरा टीमका leader हिरेन्द्र जोशीले बताए । राष्ट्रिय स्तर को प्रतियोगितामा हासिल गरेको उपलब्धिले सान कलेजको गरिमा बढेको उल्लेख गर्दै कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले बधाई तथा शुभकामना दिनुभयो ।  डा.  घिमिरेले विद्यार्थीहरुको Idea लाई औद्योगीकरण गर्नेक्रममा कलेजबाट गर्नु पर्ने सहयोग हुने कुराको विश्वास दिलाउदै बिगतमा पनि आफ्ना विद्यार्थी द्धारा industry हरु स्थापना गरेको स्मारण गर्दै आगामी दिनहरुमा उच्चतम सफलता को कामना गर्दै विद्यार्थीहरुलाई सम्मान गर्नुभयो ।