सान कलेजद्धारा “समाजमा सान” भन्ने नारालाई निरन्तरता दिँदै आज विशेष सम्मान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विशेष अतिथिहरु सान कलेजका भूतपुर्व विधार्थी तथा नेपालको पहिलो Medical oncologist डा. अरुण शाही, घटराज मेमोरीयल स्कुलका प्राचार्य डा. राजेश भट्टराई, विद्यासागर स्कुलकी प्राचार्य सुनीता सिंह बुढाथोकी र लायन्स क्लब अफ काठमाडौ न्यू वेभ्स्का अध्यक्ष श्री सन्जय खतिवडाको उपस्थिति रहेको थियो । कार्यक्रममा चारै जना विशेष अतिथिहरुलाई सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरेले सम्मान गर्दै सान कलेजमा २००१ देखि २००३ मा +2 अध्ययन गरी नेपालकै पहिलो Medical oncologist हुनुभएका डा. अरुण शाहिलाई उच्च सफलता हाँसिल गर्नुभएकोमा बधाई दिनुभयो । डा. अरुण शाही सानका गर्व हुनुका साथसाथै राष्ट्रका पनि गर्व भएको बताउनु भयो ।

 

त्यसैगरी सन्जय खतिवडालाई पनि सम्मान गर्दै उहाँले डोल्पामा अनाथहरुको लागि स्कुल स्थापना गर्ने देखि COVID-19 मा राहत वितरणमा पनि योगदान पु–याउनु भएकोमा उच्च प्रशंसा गर्नुभयो । निरन्तर रुपमा शिक्षा क्षेत्रमा योगदान दिइरहनुभएकी प्राचार्य सुनीता सिंह बुढाथोकीलाई पनि विशेष धन्यवाद दिई आगामि दिनमा अझ बढि शैीक्षक क्षेत्रको प्रगतिमा योगदान दिन शुभकामना दिनुभयो । राष्ट्र निर्माणमा शिक्षा र स्वास्थ्य एक अभिन्न अंग भएकाले यस कार्यका लागि सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पताल देश विकासको पिलर भएको पनि बताउनुभयो । शिक्षा र स्वास्थ्य बिना देश अगाडि नबढ्ने हुनाले यस COVID 19 जस्तो महामारीमा पनि सान कलेज तथा ओम समाज डेन्टल अस्पतालले प्रभावित व्यक्ति संस्था लाई कलेजमा अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था पनि गरेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि डा. अरुण सिंहले आफुलाई अहिलेपनि सान कलेज आउदा परिवार सँग भेट भएको जस्तो लागेको बताउनु भयो । सान कलेजबाट सम्मान पाउँदा आफु ज्यादै नै खुशी भएको बताउँदै सान इन्टरनेशनल कलेजले शिक्षा क्षेत्रमा पु–याएको अतुलनिय सेवालाई राष्ट्रले नै गर्व गरोस भन्ने कुरा पनि बताउनु भयो । त्यसैगरी प्राचार्य डा. राजेश भट्टराईले शिक्षा र स्वास्थ्य एउटै रथका दुई पाङग्रा भएकोले दुबै सेवामा सान कलेज उच्च गतिले लागेकोमा प्रशंसा गर्दै सान कलेजले गरेका सम्मानमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा सहयोग गर्ने बाचा पनि गर्नुभयो । कार्यक्रममा प्राचार्य सुनीता सिंह बुढाथोकीले राज्यबाट नै private Sector लाई प्रहार गर्दै आइरहेको समयमा पनि इमान्दार र असल विधार्थी जन्माउन सान कलेज सफल भएको बताउनु भयो । उहाँले Quality education नै शिक्षाको मुल मन्त्र भएकाले यसैलाई निरन्तरता दिई अगाडि बढ्न पनि सुझाब दिनुभयो । त्यसैगरी सन्जय खतिवडाले सान कलेजले सम्मान गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा कलेजसँग समन्वय गर्दै जाने कुरा यसै कार्यक्रम मार्फत बताउनु भयो ।