२०७७÷०४÷२१

सान कलेजद्धारा “समाजमा सान” भन्ने नारालाई निरन्तरता दिँदै आज सम्मान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रमुख अतिथि चलचित्र कलाकार संघका अध्यक्ष तथा कलाकर्मी श्री रविन्द्र खड्का, केन्द्रिय सदस्य श्री रामेश्वर बुर्लाकोटी अतिथिहरु चाबहिल बजार व्यवस्थापन समितिका अध्यक्ष श्री डिल्ली सुवेदी, उपाध्यक्ष श्री बलबहादुर सिलवाल,समाजसेवी तथा गोपीकृष्ण मुभीजका संचालक श्री तिर्थ पौडेल, मिडियाकर्मी तथा मोटीभेसनल स्पीकर श्री सिमोन न्यौपाने र समाजसेवी बलराम सापकोटाको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरे र उपाध्यक्ष श्री रामेश्वर के.सी बाट सम्मान गर्दै प्रमुख अतिथि श्री रविन्द्र खड्काको कलाकारीता तथा संघमा उहाँले दिनुभएको योगदानको प्रशंसा गर्दै अध्यक्ष डा. सुभाष घिमिरेले शुभकामना दिनु भयो । अध्यक्ष श्री रविन्द्र खड्काले राख्नु भएको कलाकर्मीलाई छात्रवृत्तिको आग्रहलाई पनि सम्मान गर्दै आगामि दिनमा शिक्षा तथा स्वास्थ्यमा छात्रवृत्ति दिने कुरा कार्यक्रम मार्फत बताउनु भयो । त्यसैगरी अन्य अतिथिहरुलाई पनि सम्मान गर्दै आºनो आºनो क्षेत्रमा जसरी सफलतापुर्वक लागिरहनु भएको छ अबका दिनहरुमा पनि अझ बढि सक्रियताकासाथ लागि शिक्षा क्षेत्रलाई पनि सहयोग गर्नुहुन अनुरोध गर्नुभयो । राष्ट्र निर्माणमा शिक्षा र स्वास्थ्य एक अभिन्न अंग भएकाले यस कार्यका लागि सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पताल देश विकासको पिलर भएको पनि बताउनुभयो । शिक्षा र स्वास्थ्य बिना देश अगाडि नबढ्ने हुनाले यस ऋइख्क्ष्म्(ज्ञढ जस्तो महामारीमा पनि सान कलेज तथा ओम समाज डेन्टल अस्पतालले प्रभावित व्यक्ति संस्था लाई कलेजमा अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था पनि गरेको बताउनुभयो । उपाध्यक्ष के.सिले हामी राज्यबाट भन्दा समाजबाट नै बढि सम्मानीत संस्था भएकाले सम्मानीत अतिथिहरुलाई आगामी दिनहरुमा सान कलेजसँग समन्वय गरी सल्लाह र सुझाब दिन आग्रह गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि चलचित्र कलाकार संघका अध्ययक्ष तथा कलाकर्मी श्री रविन्द्र खड्काले सान कलेजबाट सम्मान पाउँदा आफु ज्यादै नै खुशी भएको बताउँदै ओम समाज समुह अन्तर्गतका स्वास्थ्य र सहकारी क्षेत्रमा आफु पहिलानै जोडिसकिएको र अबका दिनबाट शिक्षा क्षेत्रमा पनि आबद्ध हुन पाएकोमा आफुलाई गौरावान्वित महशुस भएको बताउनु भयो । साथै सान इन्टरनेशनल कलेज हाम्रो आºनै कलेज भएकाले आगामी दिनमा अझ बढि राम्रा र उत्कृष्ट एचयमगअत निकाल्न शुभकामना दिनुभयो । त्यसैगरी चाबहिल बजार व्यवस्थापन समितिका अध्यक्ष श्री डिल्ली सुवेदीले स्वास्थ्य र सहकारीमा जोडिसकेकाले अब शिक्षामा पनि जोडिन पाएकोमा आभार प्रकट गर्नुभयो । यस समिति मातहतमा १०४ जना आबद्ध व्यवसायीहरुलाई पनि सान कलेजको अभियान मा सहयोग गर्ने कुराको प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा अन्य अतिथिहरुले सान कलेजले सम्मान गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा कलेजसँग समन्वय गर्दै जाने कुरा पनि यसै कार्यक्रम मार्फत बताउनु भयो ।