मितिः२०७७÷०४÷१९ आज पुनः “समाजमा सान” भन्ने कार्यक्रममा प्रमुख अतिथि चलचित्रकर्मि हास्यकलाकार तथा समजसेवी श्री निर्मल शर्मा र प्रोग्रेसिभ स्कुलका प्राचार्य श्री विष्णु पराजुली ज्यु लगायतको उपस्तथितिमा साक्षात्कार कार्यक्रम सम्पन्न भयो । सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरे बाट सम्मान गर्दै समाजमा रहेर अहोरात्र खटी निरन्तर रूपमा Covid-19 जस्तो माहामारीको समयमा पनि सहयोग र सहकार्य गर्नुहुने व्यक्तित्वहरुलाई कार्यक्रम मार्फत धन्यवाद दिनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष डा. सुभाष घिमिरे ज्युले शिक्षा र स्वास्थ बाट कोहि पनि बन्चित हुनुहुदैन भन्ने हेतुले दुबै संस्थाबाट सहुलियत देखि लिएर निसुल्क सुबिधा उपलब्ध गराउने प्रतिबद्धता जाएर गर्नुभयो । कार्यक्रममा हास्यकलाकार तथा समाजसेवी शर्मालाई अध्यक्ष डा. सुभाष घिमिरे ज्युले चलचित्र र समाजमा प्रत्येक्ष सहयोग गर्नुभएको भुमिकालाई महाभारतको कर्ण सङ तुलना गर्दै उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै हस्यकलाकार निर्मल शर्मा ज्युले सान इन्टरनेशनल कलेजले सम्मान गरेकोमा धन्यवाद दिदै आगामी दिनहरूमा सान कलेजको campaing, sponsorship हरुमा आफूले सकेको सहयोग गर्ने जानकारी दिनुभयो। सोही कार्यक्रममा प्राचार्य विष्णु पराजुलीले सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पतालसंग आफू सहकार्य गर्ने तत्पर रहेको बताउनु भयो । यस्तै ॐ समाज ग्रुपका उपाध्यक्ष रामेश्वर केसिले सान कलेजका शिक्षक तथा बिद्यार्थीहरुले Covid-19 मा गर्नुभएको PCR Lab सम्बन्धि कार्यले कलेजको नाम नै उच्च रहेको पनि यसै कार्यक्रम मार्फत बताउदै कार्यक्रम को समापन गर्नुभयो ।