मितिः२०७७÷०४÷१८ सान कलेजद्धारा “समाजमा सान” भन्ने नारालाई निरन्तरता दिँदै आज विशेष सम्मान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रमुख अतिथि पर्वतारोही श्री प्रकाशराज पाण्डे, अतिथिहरु KTM खबरका अध्यक्ष श्री श्याम कार्की, समाजसेवी क्रियटिभ पसिविलिटी नेपालका अध्यक्ष श्री दिनेशराज सापकोटा र शैक्षिक समाजसेवी श्री सानु तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा चारै जना विशेष अतिथिहरुलाई सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरे बाट सम्मान गर्दै विगतमा ६ वटा हिमाल आरोहण गरीसकेका पर्वतारोही प्रकाशराज पाण्डेलाई सफलता पुर्वक आरोहण गर्नुभएकोमा धन्यबाद दिनुभयो । त्यसैगरी शैक्षिक क्षेत्रमा विगत ३० वर्षदेखी निरन्तर रुपमा समाजमा योगदान दिइरहनुभएका सानु तामाङलाई पनि विशेष धन्यवाद दिनुभयो । साथसाथै समाजसेवी र KTM खबरका अध्यक्ष दुबै अतिथिहरुलाई सम्मान गर्दै आगामी दिनहरुमा पनि सामाजिक काममा अझ बढि प्रगतिकासाथ लाग्न र समाजमा भएका कुरीतिहरुलाई हटाउन विशेष पहल गरी शैक्षिक क्षेत्रमा विशेष जोड दिनका लागि पनि शुभकामना दिनुभयो । राष्ट्र निर्माणमा शिक्षा र स्वास्थ्य एक अभिन्न अंग भएकाले यस कार्यका लागि सान इन्टरनेशनल कलेज तथा ओम समाज डेन्टल अस्पताल देश विकासको पिलर भएको पनि बताउनुभयो । शिक्षा र स्वास्थ्य बिना देश अगाडि नबढ्ने हुनाले यस COVID-19 जस्तो महामारीमा पनि सान कलेज तथा ओम समाज डेन्टल अस्पतालले प्रभावित व्यक्ति संस्था लाई कलेजमा अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था पनि गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि पर्वतारोही श्री प्रकाशराज पाण्डेले आफुलाई सम्मान गरेकोमा उच्च प्रशंसा गर्दै आगामी दिनमा कलेजलाई सहयोग गर्दै आरोहणको सिलसीलामा सान कलेजको लोगो तथा नामलाई हिमालसम्म पुराउने कुरा पनि बताउनु भयो । अन्य अतिथिहरुले सान कलेजले सम्मान गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा कलेजसँग समन्वय गर्दै जाने कुरा यसै कार्यक्रम मार्फत बताउनु भयो